युभेन्टस इन्टरसँगको दूरी कम गर्दै

काठमाडौँ — एरिन राबोटले दोस्रो हाफमा गरेको गोलमा युभेन्टसले इटालीको सिरी ए मा शनिबार एएस रोमालाई १–० ले हराएको छ र लिग तालिकाको शीर्षमा रहेको इन्टर मिलानसँगको दूरी कम गरेको छ ।

यो जितपछि युभेन्टसको १८ खेलबाट ४३ अंक भएको छ । इन्टर ४५ अंकमा सबैभन्दा अगाडि छ । हारले जोसे मोउरिन्होको रोमा भने २८ अंकमा सातौं स्थानमा झरेको छ ।

यस्तै तेस्रो स्थानको एसी मिलानले ससुलोलाई १–० ले पन्छायो । मिलान ३६ अंकमा तेस्रोमा छ । शनिबारका अन्य खेलमा एटलान्टाले लेसेलाई १–० र युडिनेजीले बोलोग्नालाई ३–० ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *