काठमाडौं महानगरका विद्यालयमा ‘डीआई’ राख्न रोक

काठमाडौँ — काठमाडौं महानगरपालिका शिक्षा विभागले विद्यालयमा अनुशासन इन्चार्ज (डिसिप्लिन इन्चार्ज–डीआई) राख्न रोक लगाएको छ ।

शुक्रबार विभागका प्रमुख सीताराम कोइरालाले सबै विद्यालयलाई परिपत्र गर्दै डीआई नराख्न निर्देशन दिएका हुन् । विद्यालयहरुले अनुशासन कायम गर्ने नाममा विद्यालयमा डीआई राख्ने गरेका छन् ।

डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपमा नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय दिने समेत गरेको गुनासो प्राप्त भएको कोइरालाले जनाए । विद्यार्थीमैत्री सिकाई वातारण सिर्जना गर्न डीआई राख्ने व्यवस्था नगर्न/नगराउन परिपत्रमा सुचित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *