त्रिभुवन विश्वविद्यालयको ढिलासुस्तीविरुद्ध विद्यार्थीको प्रर्दशन

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको ढिलासुस्तीविरुद्ध विद्यार्थीले बुधबारदेखि प्रर्दशन थालेका छन् ।विश्वविद्यालय सञ्चालन प्रणालीमा समग्र सुधारको माग गर्दै प्रर्दशन गरिएको त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरका स्ववियू अध्यक्ष श्यामराज ओझाले जनाए ।

परीक्षा नियन्त्रण कार्यालयमा सबैभन्दा बढी ढिलासुस्ती भईरहेको र विद्यार्थीले सास्ती खेप्नु परेको उनले बताए । स्ववियूकै अगुवाईमा दबाबमुलुक प्रर्दशनको कार्यक्रम जारी राख्ने विद्यार्थीको भनाई छ ।

प्रदर्शनमा सहभागीहरूले परीक्षा उत्तीर्ण गर्न भन्दा प्रमाणपत्र दिन ढिलाई हुने गरेको गुनासो गरेका थिए । समयमा परीक्षा सञ्चालन नहुने र परीक्षा सकिएको डेढ वर्षसम्म नजिता सार्वजनिक नुहने समस्या त्रिविमा दोहोरिँदै आएको छ । विद्यार्थीलाई शैक्षिक क्यालेण्डर पूर्णरुपमा कार्यान्वयन गर्न समेत माग गरेका छन् । बेथितिहरु बढ्दै गएर शैक्षिक संस्थाहरु ध्वस्त हुने अवस्थामा पुगेको ओझाले बताए । परीक्षा नियन्त्रण कार्यालय सुधार नहुँदासम्म आन्दोलन जारी राख्ने उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *